सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु rip😫😫😫 1 share

समाचार

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा धनगढीका १ सय ४ पुरुष, ६६ महिला रहेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *