ओलीलाई प्रधानमन्त्रीबाट फाल्ने निर्णयमा कांग्रेस पुग्योः गगन थापा

समाचार

। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिँदा संविधान र संवैधानिक प्रणाली नै ध्वस्त हुने खतरा भएकाले उनलाई फाल्ने निर्णयमा पार्टी पुगेको बताएका छन् ।

 

 

 

संसदीय दलको बैठकपछि कुरा गर्दै नेता थापाले संविधानप्रति आस्था नभएका प्रधानमन्त्री ओलीलाई पदमा टिकाइराख्नु खतरा भएकाले फाल्नुपर्छ भन्ने निर्णयमा पार्टी पुगेको बताएका हुन् ।

 

 

 

प्रधानमन्त्री ओलीमा यो संविधान, यो प्रणालीप्रति कुनै पनि आस्था देखिएन । यसलाई कमजोर बनाउने दिशामा उहाँ निरन्तर लागिरहनुभएको छ । उहाँलाई पदमा टिकाइराख्नु भनेको व्यवस्थामाथिको खतरा हो । त्यसैले कांग्रेसले फाल्ने निर्णय गर्‍यो, उनले भने ।

 

 

 

बैठकमा समापति देउवाले समेत ओलीलाई कायम राख्ननहुने बताएको उनले जानकारी दिए । ओली आफैँले आफ्नो सत्ता संकट निम्त्याएको थापाको भनाइ छ । महामारीको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेर २०७२ सालको भूकम्पका बेलाजस्तै राष्ट्रिय सहमतिको पहल गरेको भए उनको सत्ता संकट नआउने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *