यदि ओली अप्ठेरोमा परे भने माधवलाई एकदिन पछुताउने बनाइदिन्छु !

समाचार

काठमाडौं । वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका छन् । ओली इतरका सबै पार्टी र नेताहरुको गठबन्धन बनेपछि ओली अप्ठेरोमा परेका हुन् । नेकपा एमालेकै माधव कुमार नेपाल समुह पनि ओलीलाई जसरी पनि सरकारवाट हटाउने पक्षमा छन् ।

विपक्षी दलसंग मिलेर भएपनि ओलीलाई हराउने एक मात्र अभियानमा लागेको माधव पक्षलाई नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।

उनले पार्टी फुटाउन खोज्नेहरुलाई छेकबार लगाउन नहुने बताएका छन्। ‘देश, जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकबारको प्रयास के काम ?’

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि पार्टी फुटाउन लागेको अरोप लगाउँदै पछुताउने समय आउने उनको भनाइ छ। ‘देउवा र पुष्पकमलका लागि पार्टी चो’इट्याउन कृ’तशंकल्पित हुनेलाई पछुताउने समय आइहाल्छ नि ,’ उनले लेखेका छन् ।

 

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *