चट्याङ लागेर १८ वटा जंगली हात्तीको मृत्यु :Ripलेखि Like And Commentगर्नुहोला

समाचार

जंगली हात्ती मरेका छन् । असमको नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । ‘स्थानीय अधिकारीका अनुसार १८ वटा हात्ती मरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार चट्याङ लागेर हात्ती मरेका हुन्,’ असमा वरिष्ठ वन अधिकारी एम के यादवले हिन्दुसँगको कुराकानीमा भनेका छन् । उनले मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुने बताए ।असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताएका छन् ।भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन् जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेका हुन् ।

यो पनि:टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नंको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नंको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल

Leave a Reply

Your email address will not be published. Required fields are marked *