दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्‍यु

समाचार

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा-३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ ।

नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए

यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *