भेन्टिलेटर नपाउँदा संक्रमित स्वास्थ्यकर्मीको मृ’त्यु, जेठ ९ गते थियो बिहे 😭😭😭rip

समाचार

रौतहटको बृन्दावन नगरपालिका–४ का २३ वर्षका एक स्वास्थ्यकर्मीले भेन्टिलेरको अभावमा गएराति ज्यान गमाउनु पर्‍यो। कोरोना संक्रमण भइ उपचार गराइरहेका हेल्थ असिस्टेन्ट रहेका ती स्वास्थ्यकर्मी केहीदिन अघि कोरोना संक्रमित भएका थिए।

संक्रमित भएपछि उनी वीरगञ्जकै तराई अस्पतालमा उपचार गराइरहेका थिए। वीरगञ्जमै एक अस्पतालमा कार्यरत रहेका उनी केहीदिनअघि रौतहटस्थित आफ्नो घर गएका थिए। घर जाँदा उनलाई ज्वरो आयो। ज्वरो आएपछि त्यहीँ आफ्नो गाउँमै मेडिकलबाट औषधि किनेर खाए। तर उनको ज्वरो ठिक भएन। झन् स्वास्थ्यमा समस्या आउन थाल्यो।

दुई दिनपछि उनले कोरोना जाँचको लागि पीसीआर परीक्षण गराएपछि संक्रमण देखियो। रिपोर्ट पोजेटिभ भएपछि संक्रमित भएका उनी वीरगञ्जमा रहेको तराई अस्पतालको कोरोना वार्डमा भर्ना भइ उपचार गराउँदै आएका थिए। गत वैशाख २१ गते उपचारको लागि उनी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएर उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार नआई झनै जटिल हुन थालेपछि चिकित्सकहरुले भेन्टिलेरटरमा राखेर उपचार गर्नुपर्ने बताए। तर तराई अस्पतालमा रहेको पाँचवटै भेन्टिलेटर भने खाली थिएनन्। वीरगञ्जका कुनैपनि अस्पतालमा भेन्टिलेटर खाली थिएन।

अन्त्यमा उनको परिवारले वीरगञ्जका सामाजिक अभियन्ता ओम प्रकाश सर्राफलाई फोन गरे। उनीहरुले जसरी भएपनि एउटा भेन्टिलेर उपल्बध गराइदिन सहयोग मागे। राति मेरो मोबाइलमा फोन आयो, एक जना भाइको। उनले मलाई बिरामीको लागि भेन्टिलेटर उपल्बध गराइदिन सहयोग मागे, ‘ उनले भने, ‘त्यो भाइलाई मैले नचिने पनि समाजिक कार्य भएकोले म भेन्टिलेटर खोजीमा लागेँ।’

‘भर्खरको २३ वर्षको संक्रमित स्वास्थ्यकर्मी भाइ थियो। उसको बिहे पनि यही जेठ ९ गते नै हुनेवाला थियो,’ सर्राफले थपे, ‘मैले रातभरि धेरै प्रयास गरेँ भेन्टिलेटरको लागि। तर पाउन मुस्किल भयो। भेन्टिलेटर पाउन नसकेपछि सर्राफले आफनो फेसबुकमा स्टयाटस लेखे, ‘अहिले एउटा २३ वर्षीय युवा कोभिड बिरामीलाई भेन्टिलेटर खोज्दै छौँ। कसैसँग केही सहयोग हुनसक्छ भने कृप्या जानकारी पाउँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *