breking news आज 8203 जना कोरना पुस्टि 193 जनाको ज्यान गयो

समाचार

नेपालमा आज को’रोना संक्रमितको संख्यामा केहि कमि आएको छ ।हिजो ९२४७ जनामा को’रोना संक्रमण पुष्टि भएको थियो भने आज थप ८२०३ जनालाई को’रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको ज्यान गएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् । नेपालमा को’रोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ ।

जसमध्ये ३ लाख ५२ हजार ४१४ जना नि’को भएका छन् भने ५ हजार ४११ जनाको ज्यान गएको छ। उता आज गण्डकीमा थप ९५९ जनामा को’रोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक को’रोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३५ जनामा गरिएको नमुना परीक्षणमा एकैदिन थप ९५९ जनाको रिपोर्ट को’रोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि भएका जिल्लामा कास्कीका ४१७ जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् । यस्तै, स्याङ्गजाका ८६ जना, पर्वतका ७४ जना, बाग्लुङका १२३ जना, म्याग्दीका २७ जना र मुस्ताङ जिल्लाका एक जनामा को’रोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएकासंगै गण्डकीमा को’रोना संक्रमितको कूल संख्या ३० हजार पुगेको छ। गत २४ घण्टामा गण्डकीबाट ४२९ जना को’रोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामु’क्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ। अहिले प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित छन् , उनीहरु मध्ये ८ हजार ९०९ जना होम आइसोलेसनमा बसेको निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *