भारतमा को’रोना स’ङ्क्रमितका लागि ‘टू-डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति

समाचार

को’रोना भा’इरस स’ङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले ‘टू-डीजी’ नामक औषधिलाई स’ङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको हो। को’भिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। औषधि को’भिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभ दायक’ रहेको भारत सरकार ले दाबी गरेको छ ।

तर केही आलो’चकहरूले को’भिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यकपर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन्।

 

टू-डीअक्सी-डी-ग्लुकोज वा टू-डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो । भारतमा को’भिड-१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो।

तर, स्वास्थ्य विज्ञहरूले मानिसहरूमा गरि एको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *