फोक्सो, मृगौला र कलेजो पीडित ५ वर्षिया बालककी आमाले छोरा बचाईदिन गरिन् अपिल

समाचार

खलंगा, ५ जेठ । फोक्सो, मृगौला र कलेजोमा समेत गम्भीर समस्या भई अस्पतालमा उपचाररत ५ बर्षिया बालककी आमाले छोरा बचाईदिन गुहार गरेकी छिन् । जाजरकोटको भेरी नगरपालिका १ रावतगाउँका ५ वर्षिया बालक रोशन वि क को हाल नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

सुरुमा ह्वाइट व्लड सेलमा समस्या देखिएको वि कलाई पछि ह्वाइट व्लड सेलकै कमिको कारण फोक्सो,मृगौला र कलेजोमा एकैसाथ गम्भीर समस्या देखिएको हो । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि वि कलाई मिसन अस्पताल चौरजहारी रुकुम पश्चिममा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन नुसकेपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएका बालक विक को बिगत एक साता देखि नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । कोरोनाको यस्तो बिषम परिस्थिमा छाक टार्न समेत हम्मे हम्मे भएका बेला छोराको उपचार गर्न निकै कठिनाई भएको बालककी आमा प्रिती विकले पिडा व्यक्त गरिन् । अहिले सम्म उपचारका क्रममा १ लाख ५० हजारभन्दा बढी खर्च भई सक्दा पनि छोराको स्वास्थ्यमा कुनै पनि सुधार नदेखिएको बालककी आमाले बताइन् ।

“यो हाम्रो पहिलो सन्तान हो, म मेरो छोरालाई गुमाउन चाहान्न, यसलाई बचाइदिनहुन सम्पूर्णलाई बिन्ती गर्छु, एउटा आमाको कोख रित्तिनबाट बचाइदिनुहोस् ।” बालककी आमाले पिडा व्यक्त गरेकी छिन् । साहूको ऋण तिर्न भनि बिदेश पुगेका 1बालकका अब वुवाले पनि छोरा बचाईदिन सबै सामु अपिल गरेका छन् ।

कति पैसा त हामी जाँड रक्सी तासमा उडाइदिन्छौ, त्यही पैसा मानव रक्षाका लागि किन प्रयोग नगर्ने भन्दै विदेशमा रहेका केही मनकारी यूवाहरुले रकम संकलन गरी पठाएका छन् । पैसा भन्दा पनि मानवता ठूलो भएका कारण मानव रक्षाका लागि सबैलाई हात अगाडि बढाउन यूवाहरुले आह्वान समेत गरेका छन् । यदि तपाईहरु पनि यस्तो कार्यका हात अघि बढाई ‘रोशन विक बचाऔं’ अभियानमा जोडिन चाहनुहुन्छ भने सम्पर्क व्यक्ति रितु विक ९८१२४८०६४८,प्रेम विश्वकर्मा ९८४०३१७६६० मा सम्पर्क गर्न सक्नुहुनेछ । मानवसेवा नै ठूलो धर्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *