देउवाले विद्यादेवी भण्डारीलाई ‘तिमी’ भन्दा प्रधानमन्त्री ओली रिसाए

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका हुन् । देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएको भन्दै प्रधानमन्त्रीले आ क्रो श व्यक्त गरेका हुन् ।                                                                                                  प्रधानमन्त्री ओली बालुवाटारमा भएको एक कार्यक्रममा बोल्दै थिए । त्यसै क्रममा ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको द ला ली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *