माधव प्रचण्डलाई अब जनताले कोल्याप्स हान्दिन्छन्’- गोकुल बाँस्कोटा

समाचार

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले अब माधव नेपाल र प्रचण्डलाई जनताले कोल्याप्स हान्दिने बताएका छन् । उनले फेसबुक र ट्वीटरमा एक स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । बाँस्कोटाले उनीहरुलाई सके चौका दाउ हान्न नसके कोल्याप्स हुन तयार रहनु भनेका छन् ।                                                                                                                                                            उनी सामाजिक सञ्जालमा लेख्छन्, जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोल चक्करमा रिङगाउने षडयन्त्र समाप्त । अब माधब प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो ।गुनासोको काम छैन । विधी, पद्दती लगेर कर्णालीमा सेलाउनु ।उक्त स्टाटसमा कमेन्ट गर्दै पुष्प पाण्डे लेख्छन्, प्रचण्ड र माधबको राजनैतिक समाधी । मुलुकले भोग्नू परेको यो परिणतीको समग्र दोषको भागीदार प्रचण्ड र माधब नेपाल हून् । आफ्नै पार्टीको सरकार बिरूद्द जब यिनीहरूले षड्यन्त्र को शूरूगरे तब अश्थिरताको शूरूवात भयो । प्रचन्डको उक्साहटमा जब माधब र झलनाथ ले केपी ओली लाई पदच्यूत गर्ने चक्रव्यूह रचना गरे त्यसपछि केपी ओली आजसम्मका हरेक कदम चाल्न बाध्य भए र आजको परिणाम आयो ।यसको राजनैतिक समिक्षा इतीहासले गर्नेनै छ । आगामी चूनाबी परिणामले प्रचण्ड र माधब को राजनैतिक समाधी हूने कूरा भने निस्चित नै छ आमचुनाब सफल पारौ ।                                                                                                                        श्रीबिक्रम घिमिरेको फेसबुकमा कमेन्ट छ, ‘राष्ट्रपति ले बिबेक प्रयोग गर्नु कानुन को संरक्षण गर्नु हो दलिय ब्यबस्था को धज्जि उडाउने बाट लोकतन्त्र जोगिन्न त्यसकारण अर्को जनादेशमा जानुनै एकमात्र बिकल्प थियो । केपि ओली को ५ पौषको निर्णयको सान्दर्भिकता पुष्टि आखिर लड्डुलालहरुले गराइदिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *