भर्खर आयो दुखद खबर।केवलकार दुर्घटनामा परी १४ जनाको मृत्यु।

समाचार

इटालीमा मोत्तारोन पहाडको चुचुरोमा जादै गरेको केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालक गम्भीर घाइते भएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन ।गत वर्ष कोरोनाभाइरसको महामारीका कारण लामो समय बन्द भएर केही महिनाअघि मात्रै फेरि सञ्चालनमा ल्याइएको उक्त केवलकार अचानक दुर्घटना हुदा उक्त क्षेत्र स्ट्रेसाका मेयर मार्सेला सेभेरिनोले दुख ब्यक्त गरेका छन । उक्त दुर्घटनामा मृत्यु हुने मध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ।

विदेशी पर्यटक र स्थानीयलाई समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा लादै गरेको केवलकार २० मिटर तल खालि जमिनमा बजारिएको थियो ।दुर्घटनाको आवाज नजिकै हाइकिङमा गएकाहरुले सुनेको बताएका छन । केवलकारको डब्बा खसेपछि पनि भिरालो जमिन भएको कारण पल्टिदै धेरै तल गएर अडिएको थियो ।दुर्घटना के कारणले भयो भनेर प्रसासनले अनुसन्धान अगाडी बढाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *