हामी सक्कली कम्युनिष्ट हौ’- झलनाथ

समाचार

आफ्नो पार्टीको दलको नेतालाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर अभियान चलाएका नेता झलनाथ खनालले आफूलाई सक्कली कम्युनिष्ट भएको दावी गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गद्दार भएको आरोप समेत लगाए ।

नेकपा एमालेबाट कारवाही भोगेपछि नेता झलनाथ खनालले केपी ओलीले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नरहेको बताएका समेत छन् । एमालेको सोमबार बसेको स्थायी कमिटि बैठकले खनालसहित माधवकुमार नेपाल लगायतका ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि प्रतिक्रिया दिँदै ओलीलाई कम्युनिष्ट आन्दोलनकै गद्दार भएको आरोप लगाए।

केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाही को ओचित्य छैन,’ खनालले भने । एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन् । पछिल्लो समय नेकपा भित्रका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सही गरेका थिए । यसमा खनाल–नेपाल सहितका २६ सांसदले हस्ताक्षर गरेपनि सोमबार पनि सर्वोच्च अदालतमा ती मध्ये २३ जना उपस्थित भएर हस्ताक्षर बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *