नेपालमा कोरोनाबाट थप १४५ जनाको मृत्यु दया हुनेले rip लेखेर 1 share

समाचार

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा देशभर गरी १४५ जनाको मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।                                                                                                                                                            यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । सोही अवधिमा १४५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *