काठमाडौंमा २० जेठसम्म थपियो निषेधाज्ञा,, सहि कि गलत ? भोट गर्नुहोस

समाचार

कोभि’ड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने भएको छ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता नि’षेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। १६ वैशाखमा शुरू भएको निषेधाज्ञा १३ जेठमा सकिँदै छ। कोभिड-१९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको भट्टराईले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १६ हजार ३३८, ललितपुरमा ७ हजार १५२ र भक्तपुरमा ४ हजार ९५३ सक्रिय संक्रमित छन्। देशभरि ७५ वटा जिल्लामा नि’षेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।को’रोना संक्र’मण दर नघटेकाले निषेधाज्ञा थप कडा पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। उनका अनुसार, अब निर्माण कार्य पूर्ण रूपमा बन्द गरिनेछ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *