बेनीबाट सल्यान कपुरकोट जाँदै गरेको जीप दुर्घटना

समाचार

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– १८ बेलझुण्डीमा दुर्घटनामा परेको जीप । बेनीबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ५१५ नम्बरको जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तस्वीरः दीपक बोहरा

यो पनि, निषेधाज्ञामा पनि धमाधम बन्दै सिटीहल
जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए ।

गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ । सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *