फिल्मी हिरो सरोज खनालका दाजु प्रदिपको निधन

समाचार

काठमाडौ । नेपाली चलचित्रका प्रशिध्द अभिनेता सरोज खनालका दाजु प्रदिपकुमार खनालको ६५ वर्षको उमेरमा निधन भएको छ। उनि पुराना पोल्ट्री ब्यबसायी थिए। नेपाल ह्याचरी उध्योग संघका पुर्व महासचिव तथा नेपाल अण्डा उत्पादक संघका पुर्व उपाध्यक्ष रहेका स्वर्गीय खनाल बौध्दिक ब्यक्तित्वका रुपमा परिचित थिए।।

काठमाडौं । विवाह सामाजिक रुपमा अपनाईने एक परम्परा हो । विवाह पछि परिवार सिर्जना गर्ने ऐतिहासिक परम्परा छ । समाजलाई नियम संगत संचालन गर्न विवाहको परम्परा थालनी भएको हो ।

विवाह पछि श्रीमान श्रीमतीका रुपमा सन्तानलाई जन्मदिने र वंसज चलाउने परम्परा चल्दै आएको छ । तर विवाह भएको लामो समय सम्म पनि श्रीमतीले आफुलाई छुन समेत नदिएपछि एक श्रीमानले जिवन त्यागेका छन् । विवाह भएको २२ महिनासम्म पनि श्रीमतीले उनलाई छुन समेत दिइनन् ।

यो घटना भारत, गुजरातको अहमदाबादमा भएको हो । झण्डै २ वर्ष सम्म पनि उनीहरुबीच श्रीमान श्रीमतीबीच हुने कृयाकलाप भएन । श्रीमतीले उनलाई छुन समेत नदिएपछि युवकले जिवन त्यागेका हुन् । यस घटनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

मनिनगर, अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो । तर त्यसको २२ महिना सम्म पनि उनीहरुकाबीचमा श्रीमान श्रीमतीको सम्बन्ध स्थापित भएन । सुरेन्द्र सिंह पत्नीको यस व्यवहारले धेरै चिन्तित थिए । जसका कारण उनले आफ्नो जिवन नै समाप्त गर्ने निर्णय गरे ।

उनकी सासुले प्रहरीमा उजुरी दिँदै भनेकी छन् बुहारी घर आएर पनि पतिसंग बसिनन् । उनीहरुको विस्तरा पनि अलग अलग थियो ।

सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन । छोराले आमासँग गीताले आफुसँग कुनै सम्बन्ध नराख्ने खाएको बताएका थिए ।

सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । अक्टोबर २०१८ मा उनले गीतासँग बिहे गरेका थिए । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

श्रीमतीको यस्तो ब्यवहारका कारण सुरेन्द्र सिंह र गीताबीच विवाद भयो । विवादकाबीच सुरेन्द्र घर छोडेर हिँडे । गीता पनि घर छोडेर आफ्ना बाबुआमाको घरमा गइन् ।

२७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा उनी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *