स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमणलाई सामान्य रूपमा लिन सकिँदैन 100% कारबाही हुन्छ’

समाचार

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताउनुभएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्ने समाचार आइरहेको भन्दै उहाँले डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भएको सरह नै स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमण क्षम्य नहुने बताउनुभयो ।

बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

यस्तै घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रवार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *