नुहाउने क्रममा चौलानी नदिमा बगेर एक पुरुषको मृत्यु

समाचार

नुहाउने क्रममा चौलानी नदिमा बगेर एकजना पुरुषकोे मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९, नक्तड घर भएका अन्दाजी ४५ बर्षका धन्ना लावडको आज दिउँसो नदिमा बगेर मृत्यु भएको र स्थानीयको सहयोगमा शवलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को बस्कोट नजिक नदिबाट उद्दार गरिएको स्थानीय किशोर साँउदले  जानकारी दिएका छन ।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलि घटनास्थलतर्फ पुगेको र घटनाको थप विवरण आउन बाँकि रहेको प्रहरी निरिक्षक अरुण बमले बताएका छन । ‘वाइड नेपाल न्युज बाट  साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *