यि हुन भेरि अस्पतालमा नर्स र डाक्टर कुटने ।

समाचार

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आ’क्र म’ण गर्ने मुख्य व्यक्ति सत्ताधारी दलको नेता भएको पुष्टि भएको छ । को’रोना स’ङ्क्रमित डिल्ली बहादुर रावतको उपचारका क्रममा मृ,त्यु भएपछि उनका भाइ मानबहादुर रावत लगायतका व्यक्तिले उपचारमा सं’लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ’क्र म’ण गरेका थिए ।

रावत नेकपा एमाले दाङ जिल्ला कमिटी सचि वालय सदस्य हुन् । पछिल्लो पटक नेकपा ओली समूहको लुम्बिनी प्रदेश कमिटी बनाउँदा उनलाई सदस्य बनाइएको थियो । तर, एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले भने रावत आफ्नो कमिटीमा नभएको दाबी गरेका छन् । अध्यक्ष गिरीले रावत जुनसुकै पार्टीमा आबद्ध भए पनि कारबाहीको भागिदार हुनु पर्ने बताए ।

घटनाका दो’षीलाई कडा कारबाहीको माग गरिएको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले पनि बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घ’टनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने सामाजिक सञ्जालमा लेखेका छन् । रावत सहितको आ’क्र म’णबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घा’इते भएका थिए ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृ,त्यु भएको थियो । उनको मृ,त्युपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मी माथि आ’क्र म’ण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमासमेत तो’डफो ड गरेका थिए । घटनालगत्तै प्रहरीले मानबहादुर रावत र मृ,त’कका दुई छोरालाई प’क्रा उ गरी अनुसन्धान थालेको छ ।

घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनले समितिले आजैदेखि काम थाल्ने उल्लेख गरे। रावत सत्ताधारी दलसँग आबद्ध रहेको पुष्टि भएपछि कारबाहीबाट उन्मुक्ति पाउन सक्ने आशङ्कामा स्वास्थ्यकर्मी आ’न्दोलित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *