अमेरिकाको न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय साहको शव भेटिएपछि आज अन्त्येष्टी ! मन अलिकति दया भए (R.I.P) लेख्नुहोस

समाचार

जनवरीको तेश्रो साता न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय साहको शव भेटिएपछि आज परिवारको उपस्थीतिमा अन्त्येष्टी गरिएको छ । न्युजर्सीको समरसेट मेमोरियल पार्क मिमेट्रीमा अजयको अन्त्येष्टी गरिएको अन्तिम विदाईमा सहभागी अमित शाहले जानकारी दिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अन्त्येष्टीमा अजयका बुबा महेन्द्र साह रौनियार र आमा ममतादेवी साह रौनियारको समेत उपस्थीति रहेको थियो । दुईदिन अगाडिमात्र अजयका बुबाआमा न्युयोर्क आइपुगेका थिए ।जनवरी २० को विहान झण्डै ५ बजे अन्तिमपटक ब्रुकलिन ब्रिजमा देखिएका अजयको शव हडसन रिभर र इष्ट रिभरको मिश्रण भएको बु्रकलिन ब्रिज नजिकैको पानीमा एंकरेज च्यानलमा भेटिएको थियो ।

उनको शव मार्च ९ मा नै फेला परेपनि पहिचान खुल्न नसकेकाले न्युयोर्क प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो । अजयको झोला सी ब्राइटमा भेटिएको थियो । समुन्द्रको किनारमा जाँदा एकजना व्यक्तिले झोला भेटाएपछि अप्रिलको अन्तिम साता अधिकारीहरुलाई बुझाएका थिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*

Leave a Reply

Your email address will not be published. Required fields are marked *