भिम राउलले भने जसपाका महन्त ठाकुर जसपालाई २० मन्त्री दिएर धूपबत्ती गर्नुस् ।

समाचार

नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी (जसपा) को ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न भनेका छन् । साथै प्रधानमन्त्री ओलीले ‘लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गरेको’ उनको आरोप छ ।

सोमबार राति सामाजिक सञ्‍जालमा उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *