नेता उज्वल थापाको निधन भएपछि परिवारले भावुक हुँदै दियो शुभचिन्तकलाई यस्तो संदेश

समाचार

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले पुष्टी गरेका हुन्।

उनको मृत्यु भएपछि सामाजिक संजाल मार्फत उज्वल बहादुर थापाको परिवारले शुभचिन्तकलाइ जानकारी गराउंदै यसो भनेका छन् जुन तल पढ्नुहोस :

उज्वल थापा हामीबिच रहनुभएन ।

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ । उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *