भर्खरै सम्झनालाई से#क्स गर्नेलाई फा’शी हुने पक्का, छिटो हेर्नुहोस (भिडियो)

समाचार

मुस्लिम बुबाका सन्तान नाजिर मुस्लिम र हिन्दु दुई फरक संस्कारमा हुर्के। नाजिरलाई याद छैन, उनले कहिलेदेखि रमजानको वर्त बस्न थाले,अनि कहिलेदेखि दसैं-तिहारको टीका लगाउन थाले। उनलाई रमजान जत्तिकै महत्वपूर्ण लाग्छ हिन्दुका चाडपर्व दसैं-तिहार पनि।

 

मलाई याद भएदेखि दसैं-तिहारमा मामाघर गएर टीका लगाउँदा मख्ख पर्थेँ,’उनले आफू ५/६ वर्ष हुँदादेखि नै टीका थापेको सम्झनामा भने,दसैं-तिहार भन्नासाथ ममा भिन्नै ऊर्जा आउँछ।’ अहिले पनि नाजिर दसैंमा मामाघर जाने,तिहारमा टीका लगाउने कुराले रोमाञ्चित हुन्छन्। नाजिरकी आमाको निधन भएको ९ वर्ष भयो। त्यसयता दसैं-तिहारका बेला उनलाई आमाको सम्झनाले बढी पछ्याउँछ। अनि उनी आमाको धर्म पनि पछ्याइरहेका छन्।

 

भन्छन्,मलाई हिन्दु धर्म मान्न कसैले कर गरेन। कुनै कर पनि छैन। तर यी पर्वहरूले मलाई आमाको याद दिलाउँछ। आमाको विरासत सम्हालिरहेको छु भन्ने अनुभूति हुन्छ।’ नाजिरका बुवा पहिले प्रहरी सेवामा थिए। काठमाडौं, सामाखुसीमा डेरा गरेर बसेको बेला त्यहीँ क्षत्री थरकी युवतीसँग उनको प्रेम बस्यो। त्यो प्रेम सम्बन्ध विवाहमा बदलियो।

 

हिन्दु भएर मुस्लिमसँग बिहे गरेको समाजलाई सजिलै पच्ने कुरा भएन। उनीहरू पाल्पा पुगे। पछि बाराको डुमरवाना। घरको कान्छो छोराका रूपमा नाजिर त्यहीँ जन्मेका हुन्। तर उनी सानै छँदा बुवा-आमाको सम्बन्ध टुट्यो। नाजिर आमासँग बसे। ‘सानैदेखि आमासँग बसेको हुनाले उहाँले जे-जस्तो गर्नुहुन्थ्यो मैले पनि त्यहीँ सिक्दै गएँ,’ नाजिर भन्छन्, ‘बिहेपछि उहाँले मुस्लिम धर्म मान्नुभयो। सँगसँगै हिन्दु चालचलन पनि पछ्याउन छोड्नु भएन।’

 

गाउँमा तीन घरपर राई परिवार थियो। माइतीतिर सहजै स्वीकार नहुने भएपछि नाजिरकी आमाले बस्तीका त्यही राई घरलाई आफ्नो माइती बनाइन्। अर्थात्, उनले भाइटीका गर्न थालिन्। नाजिरका अनुसार ३७ वर्षअघि उनकी आमाले लिलाराम राईसँग भाइटीका लगाएकी थिइन्। अहिले नाजिर तिनै मामाकी छोरीहरूको हातबाट भाइटीका लगाउँछन्। यसरी नाजिरले मामाघरबाट राईको चालचलन पनि बुझे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *