गतिलो उदाहरण छोरिले दाहा संस्कार दिएर आफै क्रीय बसे

समाचार

सन्तान मध्य दाजु रोजगारीका लागि भारत गएका उतै हराए । घरमा दिदी बहिनी मात्र थिए । त्यसैवेला बुवाको निधन भयो । दाई पनि नभए पछि बुवाको धार्मिक संस्कार पुरा गर्ने दायीत्व छोरीले लिइन् । हिन्दू धार्मिक मान्यता र संस्कारमा बुवा आमाको अन्तिम संस्कार र किरिया गर्ने काम छोराको हो भनिन्छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

तर उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरकी छोरीले भने त्यो परम्परा तोडिदिएकी छन् । दाजु नभए पछि उनले बुवा बलरामको मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार उनले गरिन् । उनले बुवाको पार्थिव शरिरलाई काँध दिएर घाट सम्म लगिन् । दागवत्ती दिइन् र किरिया पनि बसेकी हुन् । वुवाको शरिरलाई काँध दिएर घाट लैजाने १४ वर्षीया भगवतीले सबै संस्कार गरेकी हुन् ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अहिले उनी किरियापुत्री बसेकी छन् । उनको यो कामले छोरा नै चाहिन्छ भन्ने रुढीवादी समाजलाई राम्रो उदाहरण मिलेको छ । सन्तान सबै बराबर हो दायीत्व छोरीले पनि निभाउँछन् भन्ने उदाहरण भगवतीले दिएकी छन् । मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृतकका जेठा छोरा ५ वर्षअघि कामको खोजीमा भारतको कोइलाखात गएपछि फर्केर आएका छैनन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *