डीभी पाएर अमेरिका आएका नेपाली भरतराज ओलीको मृत्यु

समाचार

डीभी चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा मृत्यु भएको छ ।गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।
ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका आएका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली परिवारमा आय आर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।
उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।।**

Leave a Reply

Your email address will not be published. Required fields are marked *