धुमधामसँग सरस्वति पूजा मनाइँदै, यस्तो छ यस्तो छ सरस्वती पुजाको महत्व ।

धार्मिक

यसपटकको बसन्त पञ्चमी पर्व अर्थात श्रीपञ्चमी पर्व मंगलबार परेको छ । यो चाड सन्सारभरका हिन्दूहरुले धुमधामसँग मनाउने गर्दछन् । माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।

यो दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी यो पर्व मनाइन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।

गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विभिन्न नामले पुकारिन्छ । उनका अन्यनामहरुमा भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी रहेका छन् ।

देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्य य न्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने ता न्त्रि कहरू त न्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

यो दिन सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेकाले सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले सरस्वतिले प्रसिद्धि पाएकी छिन् ।

ब्रह्माकी अ र्धा ङ्गि नी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *