बहिनीको मृ’त्युपछि दाईले यस्तो भने : नौमती बजाएर डोली चढाउने ठूलो रहर थियो तर बाँसको डोलि चढाउन पर्यो

समाचार

यो भन्दा दु:ख के हुन्छ र परिवारलाई । कैलाली टीकापुरकी श्रीषा रावलको निधन पस्चात उनका दाई ले लेखेको यो भावुक बनाउने स्टाटस नौमती बजाएर आगन बाट तिमिलाई अन्माउने ठूलो रहर थियो बहिनी तर आज तिमी नमिठो सङ्खको धुन सङ्गै बाँसको डोलि चढेर सदा-सदाको लागि हामी सबै बाट बिदा भयौ । स्वर्गको बाटो अलि अफ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है भगवान त निष्ठुरी रहेछ माथी-तिर हिन्दा-हिन्दै तिम्रो खुट्टामा चोट लाग्न सक्छ ।

त्यो बेला हामिलाई झलक्क सम्झिनु है हामी अदृश्य भए पनि तिम्रो पाउमा मलम लगाउन आउने छौ सधै भरी हामी तिमिलाई सम्झी-रहने छौ । तेहा नि यता को जस्तै गरि मिलेर बस्नु नानी सधै खुशी हुनु अनि सधै सुख सङ्ग बस्नु है नानि । जन्म पछि मृ’त्यु सबैको हुन्छ तर यति छिटो लैजाने भए कसैको जन्म नदेउ न भगवान ,हामीलाई सहन गाह्रो हुन्छ। धेरै सपना सजाएकि थियौ अब यो सपना कहिले पुरा नहुने भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *