एक इन्च पनि भूमि कसैलाई अति’क्रमण गर्न दिँदैनौं : गृहमन्त्री अधिकारी

समाचार

काठमाडौँ, जेठ २९ गते । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले शनिवार हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको पनि निरीक्षण गरेका छन्। त्यस अवसरमा सशस्त्र प्रहरी बलको स्थापना, संरचना, राष्ट्र र नागरिकप्रतिको सुरक्षा जिम्मेवारी, परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, को’भिड–१९ महामारीमा सशस्त्र प्रहरीको भूमिकाको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

गृह मन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्र र नागरिकको सेवामा समर्पित हुन निर्देशन दिए । गृहमन्त्री अधिकारीले नेपालको भूमि अ’ति क्रमण अस्वीकार्य रहेको बताएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) प्रधान कार्यालयको निरी’क्षणमा पुगेका मन्त्री अधिकारीले नेपाल सदियौं देखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको र त्यसलाई बचाइ राख्न देशको एक इन्च पनि भूमि कसैलाई अति’क्रमण गर्न नदिइने बताएका हुन् ।

‘नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिदैन र हामी पनि आफ्नो भूमि अति’क्रमण स्वीकार्दैनौं,’ मन्त्री अधिकारीले भने, ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति मजबुद पारिएको छ, यसलाई अझ सशक्त बनाउछौं ।’

सदियौ देखि सार्वभौम सम्पन्न नेपालको सीमा सुरक्षामा कटि बद्ध भई लाग्न निर्देशन दिएका छन् । यस्तै को’भिड–१९ महामारी व्यवस्थापनमा बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालले उपलब्ध गराएको स्वास्थ्य उपचार सेवा तथा सुविधा अब्बल रहेको स्मरण गर्दै उहाँले भुकम्प जस्ता वि’पद व्यवस्थापन, खोज ताथ उद्धारमा साधनश्रोतको अभावका बीच संगठनले गरेको कार्य नमूना योग्य रहेको बताए ।

उनले समायानुकुल सुरक्षाकर्मीको राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *