सल्यानकाे दार्मामा २ जनाकाे खाेलामा शव भेटियाे

समाचार

सल्यानकाे दार्मा गाउँपालिकामा दुइजनाकाे फरकफरक खाेलामा शव फेला परेकाे छ ।

गाउँपालिकाकाे वडा नम्बर ४ रतिखोलाका ४० वर्षीया विरमान विकको लतात मसानघाट खोलामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ घरबाट निस्केका उनको शव आज (मंगलबार)बिहान शव फेला परेको प्रहरीले जनाएकाे छ । शव पोष्टर्माटमका लागि सल्यान अस्पताल ल्याइएको छ ।

त्यस्तै दार्मा गाउँपालिकाका ५ की गीता खड्का गाउँकै ठुलो खोलामा मृत्त अवस्थामा फेला परेकी छन् ।

पभाेक्ता समितिकी काेषाध्यक्ष समेत रहेकी उनि साेमबार बिहान घरबाट निस्केर बैंकबाट ६० हजार निकालेर घरतर्फ लागेकी थिइन् । साँझ घर नफर्किए पछि खोजतलास गर्ने क्रममा आज (मंगलबार) खोलामा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

उनलाई खोलाले बगाएको वा अन्य कुनै कारणले मृत्य भएको भन्ने बारे अनुसन्धान भइरहेको उनको भनाई छ । शव पोष्टमार्टमका लागि सल्यान अस्पताल राखिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *