यौ’न शो’ष’णका लागि भारतीय से’नामा नेपाली युवतीको भर्ती खोलिएको भन्दै भिम रावलको आ’प’त्ति

समाचार

काठमाडौ। युवाहरुलाई मात्रै भारतीय सेनामा भर्ती हुन पाउन प्रावधान भए पनि पछिल्लो समय नेपाली युवतीहरुका लागि पनि भर्ती खुला गरिएकोमा एमालेका नेता भिम रावलले आ’प’त्ति जनाएका छन्। नेपाली युवतीहरुलाई यौ’न शो’ष’ण र मनोरञ्जनका लागि प्रयोग गर्न भारतीय से’नामा भर्ती खोलिएको रावलको भनाई छ।रावलले भारतीय से’नामा नेपाली महिलाको आह्वान भएकोमा आ’प’त्ति जनाउँदै यो आह्वान तत्कालीन ब्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौता विप’रीत भएको जनाएका छन्।

 

उनले भने, ‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो? केपी ओली कहाँ हुनुहुन्छ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो? राष्ट्रियताको यस्तो ग’म्भी’र विषयमा सरकार मौन बस्‍न मिल्छ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *