मृत्युको मुख बाट बसेका बुवाले यस्तो भन्छन

समाचार

काठमाडौं । हालै परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दाङ्ग जिल्लाको लमही नगरपालिका ७ हसनापुरस्थित राप्ती नदिको दोभानमा अलपत्र परेका ४ जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

 

गोठाला गएका उनीहरु सो नदिको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्धार गरेको हो । यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ स्थित काउले गौडामा अविरल वर्षाको कारण जोखिममा परेका ४ वटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।सो ठाउँ बस्ने लाल पुरी, प्रकाश बस्नेत, नारायण बस्नेत र बेल बहादुर बस्नेतको घर जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको सशस्त्र प्रहरी सो उद्धार कार्यमा खटिएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *