राप्ती राजमार्गकाे दाङ-सल्यान सडकखण्ड अवरुद्ध : पहिराेले ४ वटा गाडी पुरिए

समाचार

अबिरल वर्षा सँगै आएको पहिरोले सल्यानमा ४ वटा गाडीमा क्षति भएकाे छ । राप्ती राजमार्ग अन्तरगत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै आएको पहिराले ४ वटा गाडीमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।पहिराेले सडक अवरुद्ध भएपछि राेकि राखेका रा १ ज १६२ नम्बर को एम्बुलेन्स, ना १ ख ८७८६ नम्बर को टिप्पर, एउटा ट्रक र एउटा मिनिट्रकमा माथीबाट खसेकाे पहिराेले क्षति पुर्याएकाे हाे ।

 

सडक अवरुद्ध हुँदा बाटोमा रोकि राखेको अवस्थामा सडक माथिबाट ठुलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको प्रहरीले जनाएकाे छ ।चौकी कपुरकोटबाट प्रहरी नायब निरिक्षक याम बहादुर बस्नेतको कमाण्डमा ५ जनाको प्रहरी टोली खटीएर जे.सी.बि. द्वारा गाडी निकालिएकाे छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *