सर्लाहीमा फेरि इँटा उद्योगले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु

समाचार

जनकपुरधाम । सर्लाहीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर फेरिक एक बालकको मृत्यु भएको छ । बुधबार मात्रै दुई दाजुभाईको इँटा उद्योगकै लागि माटो झिक्न बनाइएको खाल्डोमा परी मृत्यु भएको थियो ।
आज बिहान मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् ।
सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्स मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका थिए ।

 

छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *