ओलिको कारण मुलुक मुठभेड र गृह युद्ध मा जादैछ:योगेश भट्टराई ।

समाचार

ओलिको कारण मुलुक मुडभेड र गृह युद्ध मा जादैछ:योगेश भट्टराई ।
प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा युवा नेता योगेश भट्टराईले ओलिको कारण मुलुकले ठुलो दुर्घटना बेहोर्नुपरेको बताएका छन । ओलिले जनतामाझ घात गरेको र संबिधानको बलात्कार गरेको गम्भीर आरोप लगाए, आजभन्दा तिन बर्ष पहिले नेकपा माओवादी र नेकपा एमाले एक भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरियो र बिभिन्न बिकाशका पुर्वाधर योजना लिएर जनतामाझ गईयो जनताले हामिलाई दुइतिहाइ बहुमत दिएर पठाए तर ओलिले सरकारमा आएर सोचेजति काम गर्न सकेनन् पटक पटक सल्लाह दिईयो तर पनि कुनै सिप लागेन नया ढंगबाट अगाडि बढौ भन्दा ओलिले आफुलाई काम गर्न नदिईएको भन्दै गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृह युद्ध मा धकेल्ने प्रयास गरेको आरोप लगाएका छन ।

योगेश भट्टराई पुर्व पर्यटन मन्त्री समेत रहेका थिए ऊनि पहिले ओलि समुह का पुर्व एमाले थिए भने ओलिले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिभाजन भएर प्रचण्ड माधवकुमार नेपाल समूह पक्ष रहेका छन ऊनले आफुहरू ओलिलाई पटक पटक सुधार्ने कोसिस गरे ता पनि नसकिएपछि नया बिकल्प रोजेको बताउछन् ओलि आफ्नो गुरु सरह ब्यक्ति ठानेर पटक पटक गल्ति भयो सुधार गरौ भन्दा उहाले पटक पटक गल्ति दोहोर्याई रहनुभयो गल्ति स्विकार्नु भएन ऊहा संग हाम्रो एजेन्डा नै मिलेन त्यसकारण यो अवस्था सिर्जना हुन पुग्यो उनको भनाइ रहेको छ ।
भट्टराईले एक अन्तर्वार्तामा हामि कुनै ब्यक्ति बचाउँ र पदको लागि नभई असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा छौ संबिधानो रक्षा गर्नु तपाई हाम्रो कर्तव्य हो बर्षौ देखिको त्याग बलिदान र बिभिन्न चुनौती सामना गरेर लेखिएको संबिधान माथि बलात्कार भएको टुलु टुलु हेरेर बस्न सकिएन त्यसकारण ओलि बाट बाहेक भएर संबिधान रक्षाको निम्ति ल डि रहेको छौ । आशा छ सांसद पुनर्स्थापना भएर मुलुक समृद्ध नेपाल निर्माण र समाजबादको बाटोमा अगाडि बढ्ने बताएका छन ।

यस्तै ओलिको असंवैधानिक कदमविरुद्ध आज प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो । नेकपा प्रचण्ड-नेपाल पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भुषालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *