सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु

समाचार

सल्यानमा भीरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । बाख्रा चलाउन जंगल गएको बेला शारदा नगरपालिका वडा नम्बर ६ कौँछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा सँगै घाँस बोकेर घर फर्किने बेला बुधबार दिउँसो ३ बजे तीर घर नजिकैको भालुखोला भन्ने भिरबाट झण्डै १ सय ५० मिटर तल खसेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शवको पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानको पोष्टमार्टम गृहमा राखिएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *