वडा अध्यक्ष गुप्ताले गरे बेवारिसे शव सदगदको लागि दाउरा सहयोग

समाचार

७ फागुन, नेपालगंज टुडे । नेपालगंज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता (वैश्य)ले बेवारिसे शव सदगदको लागि दाउरा सहयोग गरेका छन् । माघ २६ गते करिव दिउँसो साढे २ बजे डुडुवा गाँउपालिका वडा नं.४ सिसेनियाघाट स्थित अन्दाजि ४५ वर्षिय नामथर नखुलेको व्यक्ती मृत अवस्थामा फेला परि भेरि अस्पतालमा पोष्ट मार्टम गरि राखिएको थियो ।

“सपनाको चाहाना सवृद्ध नेपाल” संस्थाका केन्द्रिय अध्यक्ष तथा बि.बि.सिको २०२० को बिश्वका सय प्रेरणादायी महिलाको सुचिमा पर्ने सफल सपना रोकामगर लगायतको टोली बेवारिसे शव सदगदको लागि वडा कार्यालयमा वडा अध्यक्ष गुप्ता भेटन पुगेका थिए ।

वडा अध्यक्ष गुप्तालाई भेटेपछि बेवारिसे शव व्यवस्थापन गर्र्न थपउर्जा थपियको बि.बि.सिको २०२० को बिश्वका सय प्रेरणादायी महिलाको सुचिमा पर्ने सफल सपना रोका मगरले बताईन ।
समाजसेवी, युवा नेतातथा वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र हमालले आफुले बेवारिसेहरुको लागि व्यक्तीगत तथा संथागत रुपमा सहयोग गरिरहको बताए ।

वडा अध्यक्ष सुरेन्द्र गुप्ता भन्छन् “तपाईहरुले गरिरहेको कार्य सरणीय छ यस कार्यकालागि मैले सक्दो सहयोग गर्छु” एउटा नेपाली चेली समाजको कुरितिको जालो तोडदै अघाडी बढेको भन्दै खुलेर प्रशंसा गरे । साथै बेवारिसे शव सदगदका लागि आवश्यर्क पर्ने दाउरा सहयोग गर्ने वडा अध्यक्षहमालबताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *